Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपरासीको कावासोतीमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा


  • सोमबार, जेष्ठ २० २०७६

  • नवलपरासीको कावासोतीमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा

    काठमाडौं -एनआईसी एशिया बैंकले नवलपरासीको कावासोतीस्थित विष्णुनगरमा आफ्नो २९ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
    उक्त शाखारहित बैंकिङ सेवाको कावासोती नगरपालिका उप–मेयर प्रेम शंकर मर्दानियाद्धार उद्घाटन गरिएको शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङ) लाई नियुक्त गरिएको छ ।
    शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
    यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij