काठमाडौं– महालक्ष्मी विकास बैंकले थप दुई नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले यही जेष्ठ १५ गते ललितपुरको झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौंको शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । अब बैंकको शाखा संख्या ९५ पुगेको छ ।
बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
