Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डेभलपमेन्ट बैकर्स संघको अध्यक्षमा गोविन्द ढकाल


  • आइतबार, बैशाख २९ २०७६

  • डेभलपमेन्ट बैकर्स संघको अध्यक्षमा गोविन्द ढकाल

    काठमाडौं – विकास बैैंकहरुको संस्था डेभलपमेन्ट बैकर्स एशोसियनको अध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल चुनिएका छन् ।

    एशोसियनको साधारणसभाले कार्यवहाक अध्यक्ष रहेका ढकाललाई अध्यक्ष पदमा चुनेको हो । यस्तै एशोसियनको महासचिव पदमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली चुनिएका छन् ।

    एशोसियनका प्रथम उपाध्यक्ष पदमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल,द्धितीय उपाध्यक्षमा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापा चुनिएका छन् ।

    सचिवमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ र कोषाध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चुनिए । सदस्यहरुमा भने रेशमप्रसाद जोशी, नरेशसिंह बोहोरा, विरुराम जैसी, प्रवीण बस्नेत र नवीन सुवेदी चुनिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij