काठमाडौं – ‘नेपाल सिईओ सम्मेलन तथा अवार्ड–२०१९’ सम्पन्न भएको छ । पद्यमा मिडिया गु्रपद्वारा सञ्चालित विजनेस प्लस टेलिभिजनद्वारा आयोजित सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका ५ सयभन्दा बढीको सहभागिता रहेको थियो ।
‘सिइओ अफ दि इयर–२०१९’ बाट देउराली जनता फर्माका अध्यक्ष हरिभक्त शर्मा सम्मानित भएका छन् । शर्मा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष पनि हुन ।
सीईओ सम्मेलनमा आठ विधामा विधागत रुपमा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान प्रदान गरिएको थियो ।
काठमाडौंमा भएको सिइओ सम्मेलन तथा अवार्ड कार्यक्रममा शर्माले पपुलर सिइओ अफ दि इयर र सइओ अफ दि इयर प्राईभेट सेक्टरबाट समेत अवार्ड जितेका छन् ।
त्यस्तै सिइओ अफ दि इर्यर पव्लीक च्वाईस पवन गोल्याङ, सिइओ अफ दि इर्यर योङ् शिशिर खनाल, सिइओ अफ दि इयर पब्लिक सेक्टर महा प्रसाद अधिकारी, सिइओ अफ दि इयर एस एम ई गगन प्रधान, फिमेल सिइओ अफ दिन इयर अनुपमा कुन्जली र सिइओ अफ दि इयर ज्यूरी च्वाईस हिमालय शम्शेर जंगबहादुर राणाले अवार्ड जितेका छन् ।
समृद्ध नेपाल सुखी नेपालीको अभियानमा देश होमिएको महत्वपूर्ण यस घडीमा आयोजना भएको सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका पूर्वाधार निर्माण, उद्योगी व्यवसायी, वित्तिय क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
सम्मानित व्यक्तित्वहरुलाई पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, पद्यमा मिडिया ग्रुपका अध्यक्ष राजु प्रसाद कंडेल लगायतले सिईओ अवार्ड प्रदान गरेका थिए ।
सम्मेलनमा विभिन्न विषयहरुमा समूहगत छलफल भएको थियो । सम्मेलनमा समृद्धिका लागि आर्थिक विकासको आधार, उद्यमशीलता, विकास र औद्योगिकीकरण, एकीकृत र वैदेशिक लगानी नीति, वित्तिय प्रणाली , चुनौती र सम्भावना तथा कृषि उत्पादन र बजारीकरणका सम्भावना गरी पाँच वटा विषयमा विषयगत रुपमा गहन छलफल भएको थियो ।
पाँच वटै विषयमा भएको छुटृाछुटृै समूहगत छलफलका क्रममा निजी क्षेका उद्योग व्यवसायीले नेपालको समृद्धिको लागि सरकारले ल्याएको हरेक योजनालाई सघाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । सरकारले विकासको लागि लगानी बढाउन निजी क्षेत्रलाई गरेको आग्रहका सम्बन्धमा निजी व्यवसायीहरुले लगानीमैत्री वातावरण बनाउन, कर्मचारीतन्त्रमा सुधार ल्याउन सुझाव दिएका थिए ।
उद्योग व्यवसायीले उठाएका मागकका सम्बन्धमा कार्यक्रममा मन्त्री तथा राजनीतिक दलका नेताहरुले विकासमा निजी क्षेत्रको लगानी बढाउन आवश्यक सबै सहज वातावरण बनाउन सरकार र पार्टी तत्पर रहेको र सधैं खुला रहने प्रतिवद्धता जनाउनु भयो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
