Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विरगन्जमा महिन्द्रा ट्रयाक्टरको शोरुम


  • सोमबार, बैशाख ९ २०७६

  • विरगन्जमा महिन्द्रा ट्रयाक्टरको शोरुम

    विरगन्ज-अग्नि गु्रपले गन्डक, विरगञ्जमा महिन्द्रा ट्रयाक्टरको शोरुम तथा सर्भिस सेन्टरको स्थापाना गरेको छ।

    शोरुमको उद्घाटन अग्नि ग्रुपमा कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा तथा विरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले गरे।
    कम्पनीका अनुसार उद्घाटन समारोहमा शर्माले आगामी कार्यक्रम ‘महिन्द्रा समृद्धि’को घोषणा पनि गरेका छन्। यो कार्यक्रम महिन्द्राले चाँडै नै ल्याउन लागेको नवीन कृषि कार्यक्रम हो।

    यसले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने छ। यसै सिलसिलामा महिन्द्रा समृद्धिको व्यानर पनि उद्घाटन गरिएको हो। यस अन्तर्गत अर्पिल महिनाका ५ नयाँ ग्राहकलाई सम्मानित पनि गरिएको छ।

    समुद्घाटन समारोह पछि ३ दिनसम्म निःशुल्क सर्भिस क्याम तथा निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिने छ। शोरुमबाट ग्राहकहरुले महिन्द्राका जेन्यून स्पेयर पार्ट प्राप्त गर्नुका साथै बिक्री पछिको सेवा पाउने अग्नि ग्रुपका शाखा प्रमुख प्रमोदकुमार क्षेत्रीले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij