काठमाडौं–सानिमा बैंकले काठमाडौंको पुतलीसडकमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सानिमा बैंकका अध्यक्ष श्रेष्ठले शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै शौक्षिक कर्जाको लागि विषेश नीति लिएको बताए ।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै पुतलीसडक शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मह जोडीले पुतलीसडकमा सानिमा बैंक संचालनमा आएकोमा पुतलीसडक वासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
