Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल विदेशी लगानीकर्ताहरुका लागि दोस्रो घर हो – प्रधानमन्त्री


  • शुक्रबार, चैत्र १५ २०७५

  • नेपाल विदेशी लगानीकर्ताहरुका लागि दोस्रो घर हो – प्रधानमन्त्री

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न र नाफा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउँदै लगानीकर्ताहरुलाई नेपालमा ढुक्कसँग लगानी गर्न आह्वान गरेका छन् ।
    उनले नेपाल विदेशी लगानीकर्ताहरुका लागि दोस्रो घर र व्यवसायको हब बन्ने दाबी समेत गरे ।
    राजधानीमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पाहुनाहरुलाई भगवानको रुपमा स्वागत गरिने उल्लेख गर्दै नेपालमा लगानीकर्ताहरुका लागि अवसरनै अवसरहरु भएको जिकिर गरेका हुन् ।
    ‘एक वर्षअघि रारा तालको किनारबाट नेपालको विकासको खाका प्रस्तुत गर्दा मैले हाम्रा मित्र तथा हितैसीहरुसँगको सहकार्य आवश्यक रहेको कुरामा जोड दिएको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज यो सम्मेलनमा हाम्रो निमन्त्रण स्वीकार गरेर महत्वपूर्ण कार्यक्रममा सहभागी आउनुभएका मित्रहरुलाई देख्दा निकै खुसी लागेको छ ।’
    प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कल्पना नभएर पूरा गर्न सकिने दृष्टिकोण भएको बताउँदै यसका लागि सबैको साथ आवश्यक रहेको बताए ।
    सम्मेलनमा लगानी बोर्डले तयार पारेका उद्योग, पर्यटन, उर्जा, शिक्षा तथा शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य लगायत क्षेत्रका ५० र नीजी क्षेत्रका २७ गरि ७७ वटा विषयगत परियोजनाहरु प्रस्तुत गरिने छ । विदेशी लगानी भित्र्याउने उद्देश्यसाथ सरकारले दुई दिने लगानी सम्मेलन गरेको हो ।
    ४० देशका ६ सय भन्दा बढी लगानीकर्ता सहभागी रहेको सम्मेलनमा स्वदेशी र विदेशी गरि झण्डै १ हजार लगानीकर्ताहरु सहभागी भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij