Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अवैध लागूऔषध गाँजा तथा विभिन्न बस्तुहरु सहित २ जना पक्राउ


  • आइतबार, फाल्गुन २६ २०७५

  • अवैध लागूऔषध गाँजा तथा विभिन्न बस्तुहरु सहित २ जना पक्राउ


    काठमाडौं– काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित योग होटलबाट नयाँबजार बस्ने २६ वर्षीय आश्विन श्रेष्ठ र सोही स्थान बस्ने २४ वर्षीय सुजन खड्‍कालाई अवैध लागूऔषध गाँजा करिब ९ ग्राम, कस्तुरीको बिना २ थान, पाँचऔंले जडिबुटी १ थान र डिजिटल तराजु १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
    उक्त होटलमा केही शंकास्पद ब्यक्तिहरु रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये श्रेष्ठको साथबाट उक्त परिमाणको लागूऔषध तथा खड्काको साथबाट कस्तुरीको बिना, पाँचऔंले जडिबुटी र डिजिटल तराजु बरामद भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij