Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुक्तिनाथ विकास बैंकको एकैसाथ तीन नयाँ शाखा


  • शुक्रबार, फाल्गुन १० २०७५

  • मुक्तिनाथ विकास बैंकको एकैसाथ तीन नयाँ शाखा

    काठमाडौं– मुक्तिनाथ विकास बैंकले एकैसाथ तीन नयाँ शाखा विस्तार गरेको छ ।
    बैंकले कास्की जिल्लाको अमरसिङ्गचोक, जिरो किमी तथा लामाचौरमा नयाँ शाखा स्थापना गरेको हो । अमरसिङ्ग शाखाको उद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद मन बहादुर गुरुङले गरे । उक्त शाखाको उद्घाटन गर्दैै गुरुङले बैंकको प्रगतिको कामना तथौ बैंकिङ्गङ यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरेका थिए ।
    त्यसैगरी जिरो किमी शाखाको उद्घाटन आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै गुरुङले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताए । साथै बैंकले यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
    साथै लामाचौर शाखाको उद्घाटन पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वडा नं १९ शोभामोहन पौडेलले संयुक्त रुपमा गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै आचार्य तथा पौडेलले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुलनाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
    बैंकका अध्यक्ष खिम प्रकाश मल्लले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ हातेमालो गर्न सधै तत्पर रहेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij