Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता


  • बुधबार, फाल्गुन ८ २०७५

  • महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

    काठमाडौं -महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धी सम्झौता सम्पन्नभएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सको तर्फबाट प्रमूख कार्यकारी अधिकृत रमेश कूमार भट्टराईले हस्ताक्षर गरे ।

    सम्झौताअनूसार महालक्ष्मी विकास बैंकले देश भर रहेका आफ्ना १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै  माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij