Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कुमारी बैंक पनि आइएमई पे वालेटमा आवद्ध


  • शुक्रबार, पुष २७ २०७५

  • कुमारी बैंक पनि आइएमई पे वालेटमा आवद्ध

    काठमाडौं -कुमारी बैंकको खातामा आबद्ध ग्राहकले आइएमई पे वालेटमार्फत सिधैं रकमान्तर गर्न सक्ने भएका छन्।
    कुमारी बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने भएको छ। बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन्।

    आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र कुमारी बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको छ । कुमारी बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij