अष्ट्रेलिया -हाल अष्ट्रेलियामा बसेर नेपाली पत्रकारितामा लागेका सक्रिय पत्रकारहरु एकै मञ्चमा आवद्द भएका छन् ।
शनिबार सिड्नीको अर्वनमा बसेको पत्रकारहरूको भेलाले सेतोपाटी अष्ट्रेलिया सम्पादक हेमन्त काफ्लेको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिले नेपलिज् अष्ट्रेलियन पत्रकार संघ दर्ताका लागि प्रकृया अघि बढाएको छ।
उक्त समितिमा एसबिएस नेपाली सेवाका रिजेश अर्याल, अनलाइनखबरका मनऋषि धिताल, एमएन टिभीका चिरञ्जिवी देवकोटा, कान्तिपुर दैनिकका नारायण खड्का र नेपाली पत्रका ऋषि आचार्य, नेपाल न्युज अष्ट्रेलियाका माधव गैरे, कृष्ण तिवारी, कान्तिपुर टिभी र नेपाल ट्यूब अष्ट्रेलियाका सरल गुरूङ, हिमालयन रेडियोका टिका कार्की, र साउथ एसिया डटकमका राम खत्री, पर्थका कमल सिलवाल, क्यानवेरका सुवेल भण्डारी, डिल्ली ढकाल र सरिता ढकाललाई तदर्थ समितिमा राखेको छ।
अष्ट्रेलिया भ्रमणमा रहेका पत्रकार महासंघका महासचिव रमेश विष्टको उपस्थितिमा गठित समितिले ३ देखि ६ महिनाको अवधिमा संस्था दर्ता, निर्वाचन र सदस्यता वितरण सम्बन्धि आवश्यक तयारी पुरा गर्ने संयोजक काफ्लेले जानकारी दिए।
कार्यक्रममा महासचिव विष्टले प्रवासमा रहेका पत्रकारहरु एकजुट हुँदा, त्यहाँको सिंगो नेपाली समुदायलाई नै फाईदा पुग्ने बताए।
कार्यक्रममा संयोजक काफ्लेले यो कदमले अष्ट्रेलियामा रहेर जनतालाई सुसूचित गर्ने कर्ममा लागेको व्यवसायिक पत्रकारहरुलाई नैतिक शक्ति प्रदान गर्ने दाबी गरे।
संघ दर्ता भएपछि मापदण्ड बनाएर यहाँ रहेका पत्रकारहरुलाई सदस्यता वितरण गरिने तदर्थ समितिले जनाएको छ।
अष्ट्रेलियन कानुन अनुसार दर्ता हुने पत्रकारहरुको यो संगठन नेपालक पत्रकार महासंघको शाखाको रुपमा मान्यता पाउनेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
