Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बेनेलीको मूल्य २ लाख ३० हजार पर्ने बाईक नेपाल आउने


  • शुक्रबार, पुष २० २०७५

  • बेनेलीको मूल्य २ लाख ३० हजार पर्ने बाईक नेपाल आउने

    काठमाडौं – इटालियन बाइक निर्माता कम्पनी बेनेलीको सबैभन्दा सस्तो बाइक नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

    बेनेलीका दुई मोडलका बाइक टीएनटी १५० र टीएनटी १५० आई केही दिन भित्रै नेपाली बजारमा उपलब्ध हुने भएका छन् । यी बाइकको मूल्य क्रमशः २ लाख ३० हजार र ३ लाख २० हजार रुपैयाँ हुनेछ ।

    बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले नेपाली बजारमा यी बाइक उपलब्ध गराउने छ ।

    बेनेली टीएनटी १५० मा अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ भने दुवै पांग्रामा डिस्क ब्रेक छ । यसलाई छोटकरीमा टीएनटी १५ पनि भनिन्छ । यसमा १४८ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले १२.०६ बीएचपी पावर र ११ एनएम टर्क दिन्छ ।

    यसको इन्जिनमा ५–स्पिड म्यानुअल गियरबक्स जडान गरिएको छ । यसमा १६ लिटर क्षमताको इन्धन ट्यांकी छ । यसको तौल १४० किलोग्राम छ । यसको ग्राउन्ड क्लियरेन्स १८५ एमएम छ ।

    यो बाइकको टप स्पिड १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

    यो बाइकको प्रतिस्पर्धा होन्डा सीबी हर्नेट १६० आर, सुजुकी जिक्सर १५५, यामाहा एफजेडएस भी २.० एफआई र टीभीएस अपाचे आरटीआर १६० सँग हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij