बडा दसैँ तथा शुभ दीपावलीको अवसरमा यात्रुको यात्रा सहज बनाउन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणका लागि र उपत्यका बाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
दसैँको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाडौँबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक २ वटा बस बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी र तिनका परिवार तथा अन्यका लागि निःशुल्क सञ्चालन भइरहेका छन्।
काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि कार्तिक २ गते सोमबारदेखि लगातार ३ दिनसम्म बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म २ वटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
उपत्यकाभित्र सञ्चालित बसमध्ये एउटाले कलङ्की र बल्खु हुँदै कोटेश्वरसम्म तथा अर्को बसले बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथ परिक्रमा गरेर यात्रुलाई सेवा दिइरहेका छन्।
अवस्था र आवश्यकता हेरेर थप एक दिन यो बस सेवा थप्ने तयारी सशस्त्र प्रहरी बल, नेपालले गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
