Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजार आज सामान्य अंकले बढ्यो


  • मंगलबार, मंसिर ९ २०८२

  • शेयर बजार आज सामान्य अंकले बढ्यो

    काठमाडौं– आज साताको तेस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले बढेर २६५५.९९ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

    यसदिन ९ उपसूचकमा हरियाली आएको छ । मंगलबार १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

    आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij