Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतीय कम्पनी पीटीसीसंगको सम्झौता बारे भ्रम फैलाइयो : घिसिङ


  • आइतबार, कार्तिक २३ २०८२

  • भारतीय कम्पनी पीटीसीसंगको सम्झौता बारे भ्रम फैलाइयो : घिसिङ

    काठमाडौं – उर्जा मन्त्री कूलमान घिसिङ्‌ले भारतीय कम्पनी पीटीसीसँग विद्युत आयात सम्झौता वारे भ्रम फैलाइएको दावी गरेका छन । उनले नियमपूर्वक र पारदर्शी ढंगवाट सम्झौता गरिएको भन्दै प्रष्टिकरण दिएका छन । केहि संचार माध्यमले आर्थिक अनियमितताको प्रश्न उठाए पछि घिसिङ्को प्रतिक्रिया आएको हो ।

    उनले भनेका छन :

    आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे केही भ्रम फैलाइएको देखिएको छ। म स्पष्ट भन्न चाहन्छु — यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको हो।

    नदी प्रवाहमा आधारित हाम्रो प्रणालीले बर्षायाममा निर्यात र सुख्खायाममा केही परिमाणमा आयात आवश्यक छ । हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विधुत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास वमोजिम विद्युत खरिदको निर्णय गरेका छौं, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रूपैया सम्मको महंगो विधुत आयात गर्र्नु पर्ने वाध्यता हटेको छ । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिम थियो ।

    यसैले निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको हो । भ्रममा नपरौं ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij