Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मुल्यले बनायो नयाँ रेकर्ड


  • सोमबार, असोज ६ २०८२

  • सुनचाँदीको मुल्यले बनायो नयाँ रेकर्ड

    काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    आइतबार सुनको मुल्य तोलामा २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २६ सय ५० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

    आइतबार चाँदीको मुल्य प्रतितोला २६ सय २० रुपैयाँमा कारोबार भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij