Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा


  • मंगलबार, भाद्र १७ २०८२

  • सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा

    काठमाडौं- नेपाली बजारमा भदौ १७ गते, मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबारचाँदी तोलामा १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । मंगलबार चाँदी दुई हजार ४८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार तोलाको दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij