काठमाडौं- नेपाली बजारमा आज पनि सुन चाँदीको मुल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एकैदिन १७ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको मुल्य २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।
हिजो सुनको मुल्य प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मुल्य पनि तोलामा ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो। यो मुल्य हालसम्मकै उच्च हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
