Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

होटल सिराइचुलीले आइपीओ निष्काशन गर्ने


  • बुधबार, साउन ७ २०८२

  • होटल सिराइचुलीले आइपीओ निष्काशन गर्ने

    काठमाडौं -चितवनमा अवस्थित होटल सिराइचुली लिमिटेडले  सर्वसाधारणका लागि प्राथमिक सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

    सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

    पर्यटकीय नगरी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले युक्त चार तारे होटल हो जसमा समकालीन आवास, मल्टिकुजिन रेष्टुरेन्ट, ३ बैक्वट हल, ५ वटा बोर्डरुमहरु, इन्फिनिटी स्विमिङ्ग पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा सहित उच्चस्तरीय सुविधा सम्पन्न कोठाहरु रहेका छन् ।

    होटलको विशेषता भनेको हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न मिल्ने सिटी सेन्टर लोकेशनमा रहेको शानदार सुविधा हो, जसले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने कम्पनीको विश्वास छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij