काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा बन्द भएको हो। ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६० करोड माथिको शेयर कारोबार भएको छ ।
नेप्से उपसमूहमा रहेको २ वटा समूह मात्रै बढेको छ भने अन्य ११ वटा समूह घटेका छन्। आज लघुवित्त समूह २.३२ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह सर्वाधिक २.९६ प्रतिशतले घटेको छ।
बजारमा आज ९९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४८ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
