काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२४ अकंले घटेर २६३४.८६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १० उपसूचक राताम्य भएको छ । साथै, विकास बैंकको ०.५५ प्रतिशत र जीवन बीमा समूहको १.०८ प्रतिशतले बढेको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै युनिभर्सल पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
