काठमाडौं – नेपाली बजारमा आईतबार सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आईतबार चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कारोबार भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
