काठमाडौँ – नेपाली बजारमा शुक्रबार शुत्र सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
