Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड


  • शुक्रबार, चैत्र १ २०८१

  • स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड

    काठमाडौं -स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शुक्रबार एफपीओ बाँडफाँड गरेको हो ।

    क्यापिटलका अनुसार एफपीओमा कुल १७ लाख ८० हजार ४ सय ५७ जनाको आवेदन परेको थियो । जस मध्ये १७ लाख ७७ हजार ७ सय ९३ जनाको आवेदन मात्र शेयर पाउन योग्य भएको छ।

    माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस मध्ये १९ हजार ५ सय ७७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

    क्यापिटलले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म एफपीओ निष्काशन गरेको थियो। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गरेको थियो।

    एफपीओको नतिजा केहि समयपछि हेर्न सकिने छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij