Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टाईम फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने


  • शुक्रबार, फाल्गुन १६ २०८१

  • टाईम फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

    काठमाडौं -टाईम फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
    बिहीबार भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धि सम्झौतामा टाईम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक सुर्दशन लाल श्रेष्ठ तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

    कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम विभिन्न नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणहरुमा बुक बिल्डिङ विधि मार्फत प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij