काठमाडौं – नेप्से परिसूचक १२.६८ विन्दुले बढेको छ । यससँगै सूचक २७४०.५९ अंकमा आइपुगेको छ । आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४३करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बैंकिङ समूहको ०.२२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.२४ प्रतिशत, जीवन बीमा समूहको १.७४ प्रतिशत, निर्जीवन बीमा समूहको ०.३० प्रतिशत, अन्य समूहको ३.६७ प्रतिशत र व्यापार समूहको ०.४१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड २ लाख रुपैयाँको शेयर करोबार भएको छ ।
आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
