Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा २५.४१ अंकको गिरावट


  • आइतबार, पुष २८ २०८१

  • शेयर बजारमा २५.४१ अंकको गिरावट

    काठमाडौं – आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अकंले घटेर २६०९.६७ बिन्दुमा कायम भएको छ । आज ३०१ कम्पनी ८० लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

    आज १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको ०.८६ प्रतिशत, विकास बैंक समूहको १.६० प्रतिशत, फाइनान्स समूहको ३.६० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij