Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ६.१६ अंकले बढ्यो, ५ अर्ब ३८ करोडको कारोबार


  • मंगलबार, पुष २३ २०८१

  • नेप्से ६.१६ अंकले बढ्यो, ५ अर्ब ३८ करोडको कारोबार

    काठमाडौं –  आज साताको तेस्रो कारोबारका दिन  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६ अकंले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ । आज ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोडको शेयर कारोबार भएको हो ।

    नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। एउटा समूह स्थिर रहेको छ।  यसदिन ८ उपसूचकमा हरियाली देखिएको छ । आज फाइनान्स समूहको सर्वाधिक २.६५ प्रतिशत, विकास बैंक समूहको ०.८० प्रतिशत, हाइड्रोपावर समूहको ०.४२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    मंगलबार  १२६ कम्पनीको शेयरमूल्य बढ्दा १०७ कम्पनीको घटेको छ। १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। सर्वाधिक कारोबार सिन्धु विकास बैंकको १६ करोड ९२ लाख रुपैयाँको भएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij