काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । भने चाँदीको मूल्य स्थिर अवस्थामा रहेको छ । आज सुनको मूल्य एक हजार ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
