Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य बढ्यो


  • आइतबार, पुष ७ २०८१

  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं –  नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा आज चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij