Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको सहयोग


  • आइतबार, असोज १३ २०८१

  • सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको सहयोग

    काठमाडौं – सिटिजन्स बैँकले अविरल वर्षाका कारण बाढी तथा पहिरोमार्फत प्रभावित भएकाहरुका लागि सरकारमार्फत सहयोग गरेक छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप, उदद्दार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

    शहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
    बैंकले सहयोग हस्तान्तरण गर्दा सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ ,बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायण राज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
    बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वस्थ लाभका लागि कामनासमेत गरेको छ । सिटिजन्स बैंक यस घटनाबाट प्रभावितहरुको राहतका लागि सरकारी कोषमार्फत सहयोग गर्ने पहिलो बैंक बनेको छ ।
    सिटिजन्स बैंकले हाल १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij