काठमाडौ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स दोहोरो अकंले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार साउन महिनामा रेमिट्यान्स १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ भने आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतलेघटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ ।

यता, शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.२०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड र राजस्व परिचालन रु.९४ अर्ब ७४ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
