Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रभु बैंक भिजा लिडरसीप कन्क्लेभबाट दुई विधामा सम्मानित


  • मंगलबार, असोज ८ २०८१

  • प्रभु बैंक भिजा लिडरसीप कन्क्लेभबाट दुई विधामा सम्मानित

    काठमाडौं – प्रभु बैंक भिजा लिडरसीप कन्क्लेभमा दुई विधामा सम्मानित भएको छ । विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंकले भिजा ईन्टरनेशनलद्वारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् एक्लिलेन्स इन कन्जुमर डेविट कार्ड विजनेस र एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेसन विधामा सम्मानित भएको हो ।

    भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो ब्यबसायिक सेवा बिस्तार सँग सम्बन्धित् छ ।

    प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ ब्यबसायिक कारोवारको भुक्तानी सरल र सुरक्षित तरीकाले विद्युतीय भुक्तानीको माध्यम बाट गरीन्छ । प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरीएको बैंकले जानकारी दिएको छ ।

    भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । कर्पाेरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij