काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४५.०५ अकंले घटेर २६५१.३२ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच हुँदा २३ खर्ब ७१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार हालसम्मकै उच्च बन्न पुगेको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ५.९६ प्रतिशत, विकास बैंक समूहको ५.४३ प्रतिशत, फाइनान्स समूहको ८.२७ प्रतिशत, होटल तथा पर्यटन समूहको ८.०३ प्रतिशतले शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको हो । आज यस कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
