Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ज्योति विकास बैंकको सहायक महाप्रबन्धकमा थापा नियुक्त


  • सोमबार, असार २४ २०८१

  • ज्योति विकास बैंकको सहायक महाप्रबन्धकमा थापा नियुक्त

    काठमाडौं- ज्योति विकास बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई बढुवा गरेको छ । आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको बैंकले जनाएको छ। बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव नियुक्त सहायक महाप्रबन्धक बलदेव थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरुवात गरि विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गरको छन् ।
    विगत ७ वर्षदेखि ज्योति विकास बैंकमा आवद्ध श्री थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारिकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हाल्दै आएका छन् । थापा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने अनुभवी बैंकरको रुपमा परिचित छन् । मिति २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij