Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मुल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?


  • आइतबार, असार २ २०८१

  • सुनचाँदीको मुल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मुल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि शुक्रबार जेठ ३१ गते सुनको मूल्य १ लाख ४१ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ४० हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेर १८ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य तोलाको १८ सय रुपैयाँ कायम रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij