Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?


  • आइतबार, जेष्ठ २० २०८१

  • आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  गत शुक्रबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 

    आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    साथै, चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij