काठमाडौं – साताको तेस्रो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबारका दिन नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९ को बिन्दुमा कायम भएको छ। शेयर बजार घटतापनि सोमबारको तुलनामा कारोबार रकम भने बढेको छ।
तीन सय १४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै, पोखरा फाइनान्सको १९ करोड ५२ रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
