Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से दोहोरो अकंले घट्यो


  • बुधबार, चैत्र १४ २०८०

  • नेप्से दोहोरो अकंले घट्यो

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८३ अकंले घटेर २०२०.८६ बिन्दुमा बन्द भएको छ । बुधबार ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

    आज लगानीकर्ता शिवम र जोशि हाइड्रोपावरको शेयरमा झुम्मिएका छन् । बुधबार शिवम सिमेन्टको ९ करोड ७२ लाख रुपैयाँ र जोशि हाइड्रोपावरको ८ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सोनापुरको ७ करोड ३३ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ७ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

    आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बुधबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५६ प्रतिशत, विकास बैंक समूहको १.२० प्रतिशत, फाइनान्स समूहको १.७२ प्रतिशतले शेयर मूल्य घटेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij