काठमाडौ – सरकारले सामाखुसी, टोखा, गुर्जे हुँदै नुवाकोटको विदुर पुग्ने सडकलाई राष्ट्रिय राजमार्गमा राखी सोही अनुसारको मापदण्ड कायम गर्ने सूचना स्थानीय तहलाई दिए पछि उक्त सडक मापदण्डमा पर्ने जनताहरूमा खैलाबैला भएको छ । सामाखुसी चोक देखि नुवाकोटको विदुर सम्म हजारौं घर नयाँ प्रस्तावित राजमार्गको मादण्डमा पर्ने भए पछि स्थानीयमा त्रास पैदा भएको छ । जीवन भरको कमाई लगानी गरेर जोडेको घर जग्गा बाटो विस्तारको नाममा मापदण्डमा परे पछि यति वेला हजारौ घर धनिको भोक प्यास हराएको छ । कतिपयको बैंकको ऋण छ भने कतिपयको घर निर्माण समेत सक्किएको छैन ।
यो निर्णयले टोखा नगर पालिका अन्तर्गतका घरहरु सवै भन्दा बढी प्रभावित हुने छन । सडक डिभिजन कार्यालयले टोखा नगर पालिकालाई पत्र पठाएर जानकारी गराए पनि नगर पालिकाले सरोकार पक्ष नगरवासीलाई सु – सुचित गरेको छैन (हेर्नुहोस पत्र) । वरू सडक डिभिजन कार्यालयले पठाएको मापदण्ड भन्दा १० फिट कम मै नक्सा पास गर्दै आएको छ ।

(सडक डिभिजन कार्यालय बबरमहलले टोखा नगर पालिकालाई पठाएको पत्र)
२०७६ जेठ ६ गतेको मन्त्री परिषद्को वैठकको निर्णय उल्लेख गर्दै सडक डिभिजन कार्यालयले टोखा नगर पालिकालाई पत्र पठाएको हो । उक्त समयमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको सरकार थियो भने केपी शर्मा ओली प्रधानमन्त्री थिए ।
सरकारले सामाखुसी, टोखा, गुर्जे हुँदै विदुर पुग्ने सडकलाई राष्ट्रिय राजमार्गमा राखी सोही अनुसारको मापदण्ड कायम गर्ने सुचना जारी गरे पछि राष्ट्रपुकारले यस सम्बन्धी समाचार प्रकाशित गरेको थियो । सडक डिभिजन कार्यालय मिन भनवनले स्थानिय तहलाई पत्राचार गर्दै उक्त सडकको मध्य भागवाट दुई तर्फ २५ – २५ मिटर सडक मापदण्डमा पर्ने जानकारी गराएको छ । उक्त कार्यालयले २०८२ चैत्र ११ गते पठाएको पत्रमा उक्त सडक मापदण्डमा पर्ने उल्लेख गरेको छ । पत्र अनुसार अब सडकको मध्य भागवाट करिव ८१ फिटि एकतर्फी सडक मापदण्डमा पर्ने छ । सडकको कूल चौडाई करिव १ सय ६२ फिट हुन आउँछ ।
यो पनि हेर्नुहोस् ।
सामाखुसी, टोखा, झोर सडकमा २५- २५ मिटरको मापदण्ड : हजारौं घर प्रभावित !
सडक भिभिजन कार्यालय भरतपुरले बैंक तथा वित्तिय संस्थालाई ऋण प्रवाह गर्न मुल्याङको आधार तय गर्न पठाएको पत्रमा राजमार्गको मापदण्ड मध्यविन्दुबाट २५ -२५ मिटर कायम हुने र सेटेब्याक थप ६ – ६ मिटर हुने उल्लेख गर्दै भ्यालुयर्स एशोसियसनलाई पत्र पठाएको छ । (हेर्नुहोस पत्र) मन्त्री परिषद्को निर्णय उल्लेख गर्दै ८० वटा राजमार्गको छायाँ प्रति पाठइएको ब्यहोरा पत्रमा उल्लेख छ । यसलाई आधार मान्ने हो भने सडकको मध्य भागवाट ३१ – ३१ मिटर मापदण्ड हुन आउँछ ।

(सडक डिभिजन कार्यालय भरतपुरले उल्लेख गरेको ८० वटा राष्ट्रिय राजमार्गको सुचिको एउटा अंश)
(सडक डिभिजन कार्यालय भरतपुरले भ्यालुयर्स एशोसियसनलाई पठाएको पत्र)
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
