Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सामाखुसी, टोखा, झोर सडकमा २५- २५ मिटरको मापदण्ड : हजारौं घर प्रभावित !


  • बुधबार, बैशाख २ २०८३

  • सामाखुसी, टोखा, झोर सडकमा २५- २५ मिटरको मापदण्ड : हजारौं घर प्रभावित !

    काठमाडौ – सरकारले सामाखुसी, टोखा, गुर्जे हुँदै विदुर पुग्ने सडकलाई राष्ट्रिय राजमार्गमा राखी सोही अनुसारको मापदण्ड कायम गर्ने भएको छ । सडक डिभिजन कार्यालय मिन भनवनले स्थानिय तहलाई पत्राचार गर्दै उक्त सडकको मध्य भागवाट दुई तर्फ २५ – २५ मिटर सडक मापदण्डमा पर्ने जानकारी गराएको छ । उक्त कार्यालयले २०८२ चैत्र ११ गते पठाएको पत्रमा उक्त सडक मापदण्डमा पर्ने उल्लेख गरेको छ । पत्र अनुसार अब सडकको मध्य भागवाट ८१ दशमलव २५ फिटि एकतर्फी सडक मापदण्डमा पर्ने छ । सडकको कूल चौडाई १ सय ६२ दशमलव ५० फिट हुन आउँछ ।

    हजारौं घर विस्थापित :

    सरकारले अघि सारेको विस्तार योजनाले सामाखुसी चोक देखि नुवाकोट सम्मका हजारौं घर भत्काउँनु पर्ने हुन्छ । त्यसो गर्दा कैयौं घर परिवार विस्थापित हुने स्थानियको भनाई छ । पत्रमा मुआब्जाको विषय उल्लेख गरिएको छैन ।

    यसै विच टोखा नगर पालिकाले सरकारले तोकेको मापदण्ड भन्दा १० फिटि अर्थात ७२ फिटमा नै नक्सा पास गर्ने गरेको बताईएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij