सामाखुसी, टोखा, झोर सडकमा २५- २५ मिटरको मापदण्ड : हजारौं घर प्रभावित !

काठमाडौ – सरकारले सामाखुसी, टोखा, गुर्जे हुँदै विदुर पुग्ने सडकलाई राष्ट्रिय राजमार्गमा राखी सोही अनुसारको मापदण्ड कायम गर्ने भएको छ । सडक डिभिजन कार्यालय मिन भनवनले स्थानिय तहलाई पत्राचार गर्दै उक्त सडकको मध्य भागवाट दुई तर्फ २५ – २५ मिटर सडक मापदण्डमा पर्ने जानकारी गराएको छ । उक्त कार्यालयले २०८२ चैत्र ११ गते पठाएको पत्रमा उक्त सडक मापदण्डमा पर्ने उल्लेख गरेको छ । पत्र अनुसार अब सडकको मध्य भागवाट ८१ दशमलव २५ फिटि एकतर्फी सडक मापदण्डमा पर्ने छ । सडकको कूल चौडाई १ सय ६२ दशमलव ५० फिट हुन आउँछ …