Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य बढ्यो


  • शुक्रबार, माघ १८ २०८१

  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ छ । सुन आज तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ९१५ रुपैयाँ पुगेको हो ।बिहीबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij