Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एभरेष्ट कलरले आइपीओ निष्कासन गर्ने


  • शुक्रबार, कार्तिक ९ २०८१

  • एभरेष्ट कलरले आइपीओ निष्कासन गर्ने

    काठमाडौं – एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले मङ्सिर १ गते बोलाएको साधारणसभामा विशेष प्रस्तावको रुपमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।

    प्रबन्धपत्रमा उल्लेख भए बमोजिम सर्वसाधारणका लागि छुट्याइको शेयर जारी गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ। सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी ३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुनेछ । निकट भविष्यमा आइपीओ जारी गर्ने तयारी गरेको कम्पनीले साधारणसभाबाट आइपीओ निष्कासनको प्रस्ताव पारित गर्ने जनाएको छ ।

    २०६८ सालमा स्थापना भएको यस कम्पनीले विभिन्न रङ्ग, इमल्सन, प्राइमर, इनामेल उत्पादन गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij