Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दशैं बिदाको दिन पनि बैंक खुला रहने


  • बिहिबार, असोज २४ २०८१

  • दशैं बिदाको दिन पनि बैंक खुला रहने

     

    काठमाडौं -आज असोज २४ गते बिहीबारदेखि दशैं बिदा सुरु हुँदैछ । असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशी सार्वजनिक बिदा छ । बैंक तथा वित्तीय संस्थाहरूले भने दशैं बिदामा पनि आफ्नो सेवा प्रदान गर्ने जनाएका छन् ।

    बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक सुचना प्रकाशन गर्दै विदामा खुल्ने शाखा तथा समय पनि सार्वजनिक गरेका छन् । दशैं विदामा अधिकांश कार्यालय भने बन्द हुने गर्दछ । बैंकहरुले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निश्चित शाखा कार्यालयहरुमा नगद कारोबार सञ्चालन हुने व्यवस्था मिलाएको जानकारी दिएका छन् ।

         

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij