Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ५८.९३ अकंले घट्यो, ५ अर्ब ६८ करोडको कारोबार


  • मंगलबार, असोज ८ २०८१

  • नेप्से ५८.९३ अकंले घट्यो, ५ अर्ब ६८ करोडको कारोबार

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा २४७० बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको हो । आज १० कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको २ प्रतिशत, विकास बैंक समूहको ३.०३ प्रतिशत, फाइनान्स समूहको ४.६० प्रतिशत, होटल तथा पर्यटन समूहको २.६६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भउको छ । आज यस कम्पनीको १८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij