काठमाडौं – नेपाली बजारमा आज मंगलबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । हिजो सोमबार तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँको मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाली बजारमा आज कायम सुनको मुल्यहालसम्मकै उच्च हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
