Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


  • बुधबार, साउन २ २०८१

  • सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं – सुनको मुल्यले रेकर्ड कायम गरेको छ । पछिल्लो समय सुनको मुल्य निरन्तर बढिरहेको छ । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो हालसम्मकै उच्च मूल्य हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij