काठमाडौं – नेपाली बजारमा सुनको मुल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
